शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टाेकियाे-नेपाल पत्रकार महासंघ जापान शाखाले जापानमा स्थापित र क्रियाशील विभिन्न संघसंस्थाहरूसँगकाे परस्परिक सम्बन्ध विस्तारकाे लागि एक अन्तरक्रिया कार्यक्रम गर्ने भएकाे छ ।

भाेलि मे २० तारिक शनिवारका दिन सिनअाेकुबाेस्थित बारकाडे रेष्टुरेन्टमा कार्यक्रमकाे अायाेजना गर्न लागिएकाे हाे । कार्यक्रम दिउँसाे १ बजेदेखि साँझ ५ बजेसम्म हुने महासंघले जनाएकाे छ । कार्यक्रममा हरेक संस्थाबाट अध्यक्ष र महासचिव/सचिवलाई कार्यक्रममा सहभागिता जनाउनकाे लागि महासंघले जापानमा स्थापित संघसंस्थाहरूलाई पत्राचार गरिसकिएकाे बताएकाे छ ।

जापानमा क्रियाशील संघसंस्थाका गतिविधीहरूलाई सञ्चार माध्यममा ल्याउनकाे लागि सहजिकरणकाे भूमिका खेल्न मद्दत पुग्ने भएकाेले उक्त कार्यक्रम फलदायी हुने विश्वास लिईएकाे छ । महासंघले कार्यक्रममा उपस्थितकाे लागि पत्राचार गरिसकिएकाे र यदि पत्र प्राप्त भई नसकेकाे भए पनि यसै समाचारलाई अाधार मानि उपस्थिति जनाइदिन अाग्रह गरेकाे छ ।***

तपाईको प्रतिक्रिया