मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

बलिउडकी चर्चित कलाकार रीमा लागुको ५९ वर्षको उमेरमा निधन भएको छ । हृदयघाटका कारण उहाँको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

छातीमा समस्या भएपछि मुम्बइस्थित अम्बानी अस्पतालमा उपचारका लागि उहाँलाई लगिएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो । उहाँका श्रीमान् विनय वायकुलले स्थानिय पत्रकारहरुसँग रीमाको निधन भएको जानकारी दिनुभयो ।

उहाँ मराठी र हिन्दी चलचित्रमा परिचित हुनुहुन्थ्यो । टेलिभिजनको दुनियाँमा उहाँ निकै लोकप्रिय हुनुहुन्छ । ‘मैने प्यार क्यू किया, आशिकी, साजन, हम आपके है कौन, वास्तव, हम साथ साथ हे’ लगायतका चलचित्रमा उहाँले काम गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया