शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल, उपत्यका समन्वय समितिले हरेक बर्ष गर्दै आइरहेको लोक दोहोरी अवार्ड अहिले पाँचौं बर्षमा प्रबेश गरेको छ । अग्रजलाइ सम्मान, अनुजलाइ प्रोत्साहन भन्ने मुल नारा आगाडी सारेर २०६२ साल स्थापित उपत्यका समन्वय समितीले नेपाली लोक गित संगीतको संरक्षणमा उलेख्य भुमिका निर्बाह गरिरहेको छ ।

दोहोरिको पर्व को रुपमा दाजिने लोक दोहोरि अवार्ड को आउदो जेष्ठ ५ गते मनोनयन सार्बजनिक गर्ने भनिए पनि देशमा भयको स्थानायी चुनाबको कारणले दुइ दिन ( ८ गते ठिक १२ बजे प्रज्ञा भवन कमलादी मा) पछाडि धकेलियको हो ।

सम्पुर्ण तयारी पुरा भय पनि धेरै कलाकार र सस्थाका पदाधिकारीहरु पनि आफ्नो मत खसाल्न गाउँतिर गएको हुनाले साबिक मिति भन्दा केहि दिन पछाडि सरेको हो ।

पहिले भन्दा यो बर्षको अवार्डको मनोनयन अलि फरक ढंगले हुनेछ । जस्मा सम्पुर्ण फर्म भरेका प्रतिनिधिको नाम लिस्ट प्रोजेक्टरमा देख्न सकिने र तेहि भित्रबाट टप ५ निकालिने छ ।

यसो गर्दा अवार्डको बिश्वस्नियता र अलि बढि बैधानिक अनि बैज्ञानिक हुने सस्थाका सदस्य तथा प्रचार प्रसार सह सम्योजक रामु खड्काले बताउनुभयो ।

तपाईको प्रतिक्रिया