शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – सूर्य कर्पोरेशन र गृष्मा इन्टर्टेन्मेन्टको संयुक्त आयोजनामा हालै टोकियोमा साकुरा नाइटको अर्को शृङ्खला सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु प्रमोद खरेल, सन्दिप क्षेत्री, नलिना चित्रकार र नरेश भट्टराईले आ-आफ्ना प्रस्तुतीहरु राखेका थिए ।

हरेक वर्षझैं यसवर्ष पनि गोल्डेन वीकको अवसर पारेर साकुरा नाइट कार्यक्रमको आयोजना गरिएको हो । जसअनुसार टोकियो, नागोया र फुकुओकामा कार्यक्रम भैसकेको भएता पनि दर्शकहरुको मागका कारण टोकियोमा पुनः आयोजना गरिएको आयोजकका तर्फबाट सूर्य कर्पोरेशनका कार्यकारी प्रमुख बासुदेव लामिछानेले बताए ।
आइतवार टोकियो रोधी क्लवमा भएको सो कार्यक्रममा प्रमोदले दर्जन जति आफ्ना बहुचर्चित गीतहरु गाएर दर्शकहरुलाई कतिखेर हौसाए भने कतिबेला मन्त्रमुग्ध बनाएर झुमाएका थिए । यसैगरी सन्दिपको हाँस्य प्रस्तुती र नलिनाको साँगीतिक प्रस्तुतीका बीच दर्शकहरु निकै रोमाञ्चित बनेका थिए । नरेश भने कार्यक्रम सञ्चालकको भूमिकामा देखिएका थिए ।
https://www.facebook.com/suryacorporationlimited/videos/812559128908649/
https://www.facebook.com/suryacorporationlimited/videos/812603542237541/
कार्यक्रमको अन्तमा सूर्य र गृष्माको संयुक्त प्रस्तुती निरन्तर चलिरहने बताउँदै गृष्माका प्रवन्ध निर्देशक गृहेन्द्र घिमिरेले यसपछि बेलायत र दुबाईमा कार्यक्रम गर्न लागेको जानकारी दिए ।
कार्यक्रम मानवसेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको बताईएको छ ।***

तपाईको प्रतिक्रिया