शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं –दुर्गिस फिल्मसकाे व्यानरमा निर्माण भएकाे चलिचत्र ‘सायद-२’ प्रिमियर साेकाे पूर्व सन्ध्यामा हिजाे टाेकियाेमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम टाेकियाे सिनअाेकुबाेस्थित नाङ्लाे घरमा भएकाे थियाे ।

यसअघि ‘सायद’, ‘हाेस्टेल’ र ‘हाेस्टेल रिटर्न्स’ निर्माण गरिसकेकाे यस व्यानर नयाँ कलाकारहरूलाई लिएर चलचित्र निर्माण गर्ने र लगानी सुरक्षित गर्ने निर्माताकाे रूपमा दर्शकले स्वीकार गरिसकेका छन् । त्यसाे त सायद-२ लाई पनि जापानमा दर्शकहरूले रूचाउने विश्वास चलचित्र निर्माण टिमले लिएकाे छ ।

असार ३० गतेलाई नेपाल प्रदर्शन मिति तय गरिएको फिल्म जापानको टोकियोमा पनि मे १४ तारिक अाईतवार भव्य प्रिमियर साे हुने निर्माता सुनिल रावलले पत्रकार भेटघाटमा बताउनुभयो । टाेकियाेकाे नाकानाे जिराे हलमा १४ तारिक बेलुकी साँढे ५ बजेबाट प्रदर्शन हुन गईरहेकाे छ ।  चलचित्र निर्माणमा रावललाई जापानमा व्यवसाय गर्दै अाएका इश्वर श्रेष्ठ र सुवास लामिछानेले साथ दिएका छन् ।

नेपालकाे सुदूरपश्चिमका जेहेन्दार विद्यार्थीहरूकाे सहयाेगार्थ प्रदर्शन गर्न लागिएकाे भनिएकाे सायद-२ हेर्न अाउन जापानबासी नेपालीहरूलाई पत्रकार भेटघाट कार्यक्रमबाटै निमन्त्रणा गरिएकाे छ । परदेशमा रहेर पनि घरदेशका चलचित्रलाई माया गर्ने नेपालीहरूलाई निर्माता मध्येका रावलले भने-‘चलचित्रलाई मायाँ मात्र नगर्नुस्, सपाेर्ट पनि गर्नुस् ।’

पुष्पराज न्यौपानेद्वारा निर्देशित चलचित्रमा  सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील रावल, सुशील सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ र बुद्धिलाल मगरलगायतको अभिनय रहेको छ ।***

 

तपाईको प्रतिक्रिया