बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – ‘लोक दोहोरी अवार्ड’ को लागि आउदो जेठ ६ गते मनोनयन सार्वजनिक गरिने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा प्रत्येक वर्ष गर्दै आएको ‘लोक दोहोरी अवार्ड’ को लागि जेठ ६ गते मनोनयन सार्बजनिक हुने भएको हो ।

विगत ५ वर्षदेखि गर्दै आएको लोक दोहोरी अवार्डलाई यसवर्ष फरक तवरले आयोजना गरिने आयोजकले जनाएको छ । मनोनयन पनि सम्पूर्ण फारमहरुको प्रोजेक्टर मार्फत देखाइने छ भने, यसैभित्रबाट शिर्ष ५ ‘top -5’ निकालिने छ । यस्तो गर्दा अवार्डको विश्वशनियता बढ्नुका साथै वैधानिक र वैज्ञानिक समेत हुने सस्थाका सदस्य तथा प्रचारप्रसार सहसंयोजक रामु खड काले बताउनुभयो ।

साथै आयोजकले फारम भर्ने समय थोरै मात्र बाँकी रहेकाले चाडो भन्दा चाडो कार्यालयमा गएर फारम भर्न पनि आग्रह गरेको छ । अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन भन्ने मुल नाराका साथ २०६२ सालमा स्थापना गरिएको संस्थाले लोक गीतसंगित संरक्षणमा महत्वपूर्ण भुमिका खेलिरहेको छ ।

तपाईको प्रतिक्रिया