शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – एसएस राजामौलीको चलचित्र ‘बाहुबली–२’ ले बक्स अफिसको सबै रेकर्ड धरासायी बनाइदिएको छ । चलचित्रले अहिलेसमम बक्स अफिसमा आफ्नो पकड बलियो बनाइराखेको छ । बाहुबलीको यो रेकर्डले रिलिज हुने चलचित्रलाई थप तनाव र चुनौती दिएको छ ।

यो चलचित्रले वल्र्डवाइड बक्स अफिसमा मात्रै १३ दिनमा १२०० करोड भन्दामाथिको आँकडा पार गरेको फिल्मीबिटले लेखेको छ । यसका साथै चलचित्र विश्वमा सबैभन्दा बढी कमाउने भारतीय चलचित्र पनि बनेको छ ।

चलचित्रले १३ औँ दिनमा समेत १७ करोडको कमाइ गरेको छ । हालको तथ्यांक अझ वृद्धि हुने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया