शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – नेपाली चलचित्र ‘सायद–२’को वर्ल्ड प्रिमियर यही वैशाख ३१ गते जापानमा हुँदैछ । यसका लागि सहभागी हुन निर्माता सुनिल रावल र अभिनेता सुशील श्रेष्ठ सोमबार जापान प्रस्थान गरेका छन् ।

असार ३० गतेलाई नेपाल प्रदर्शन मिति तय गरिएको फिल्मको जापानको टोकियोमा भव्य प्रिमियर हुने निर्माता रावलले बताउनुभयो । निर्माता रावल र अभिनेता श्रेष्ठसँगै सन्चारकर्मीद्वय श्याम अर्याल र सचित खड्का त्यसतर्फ प्रस्थान गरेका हुन् ।

मे १४ अर्थात् वैशाख ३१ गते जापानी समयअनुसार साँझ साढे ५ बजे टोकियोस्थित नकानो जेरो हलमा ‘सायद २’ को प्रिमियर हुनेछ ।
जहाँ नेपालबाट गएको टोलीले उपस्थिति जनाउने छ । टोलीले जापानी दर्शकसँग बसेर फिल्म हेर्नेछ ।

फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गर्नुभएको छ । दुर्गिस फिल्मस्को व्यानरमा बनेको यो फिल्ममा सुशीलसँगै स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील रावल, सुशील सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धिलाल मगरलगायतको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया