शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टाेकियाे-जापानमा अध्ययनरत पाेखरा रामबजारका मुकेश थापा मगरले अात्महत्या गरेका छन् । विद्यार्थीका रुपमा जापान अाएका मुकेश थापा मगरले हाईजिमास्थित स्थानीय पार्कमा पासाे लगाई अात्महत्या गरेकाे खुल्न अाएकाे छ ।

पार्कमा गएर अात्महत्या गरेका मगरकाे शव प्रहरीले लिएर गएका थिए । अात्महत्याकाे कारण भने खुल्न सकेकाे छैन ।

नाकानाे स्कुल अफ विजनेश कलेजमा प्राविधिक शिक्षा पढ्दै गरेका थापा मगर हालै नेपाल फर्किएर विवाह गरी जापान अाएका थिए । उनी अति नै मिलनसार र मेहनती विद्यार्थी रहेकाे कुरा पाेखरा रामबजार कालिका स्कुलका शिक्षक सुमन ज्ञवालीले समुद्रपारिलाई बताए । ‘जापान अाएपछि बेलाबेलामा कुराकानी हुन्थ्याे, अाफ्ना हरेक समस्या र सुख दुखका कुराहरु पनि शेयर गर्दथ्याे तर अघिल्लाे पटक नेपाल अाएर विवाह गरेर फर्किएकाे रहेछ । मसँग भने भेट भएन, अहिले अाएर यस्ताे समाचार सुन्न पर्याे’ -सानैदेखि उनलाई पढाएका शिक्षक ज्ञवालीले भावुक हुँदै भने-‘रामबजार अहिले शाेकमा डुवेकाे छ ।’

नेपालमा परिवारलाई खबर गरिसकिएकाे र जापानका नेपाली, नेपाली दूतावास, एनअारएनएकाे सल्लाहअनुसार मृतक थापामगरकाे शबलाई जापानमै अन्त्येष्टि गर्ने तयारी गरिरहेकाे बुझिएकाे छ । ***

तपाईको प्रतिक्रिया