शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

रक्सी बनाउने एक डेनिश कम्पनीले एक नयाँ बियर बनाएको छ । यो बियरको नाम पिसनर हो । यसलाई बनाउनका लागि एक सांगीतिक कार्यक्रमबाट ५० हजार लिटर पिसाब संकलन गरिएको थियो । रक्सी बनाउने कम्पनी नोरब्रोको भनाई अनुसार ‘फाइनल प्रोडक्ट’ मा कुनै पनि प्रकारको मानवीय फोहोर हुनेछैन ।

पिसनरमा जुन जौको प्रयोग गरिएको थियो त्यसको उत्पादनमा मलको रुपमा मानव पिसाबको प्रयोग गरिएको थियो । सामान्य रुपमा मलको रुपमा जनावरको गोबर वा फ्याक्ट्रीमा बनेको रासायनिक मलाको प्रयोग गरिन्छ ।

उक्त पिसाबलाई दुई वर्ष पहिले उत्तरी युरोपको सबैभन्दा ठूलो म्युजिक फेस्टिबल रोसकिलेमा संकलन गरिएको थियो । नोरेब्रोका सिइओ हेनरिक वांगले भने, ‘जब हामीले यस्तो प्रकारले बियर बनाउने जानकारी दियौं तब मानिसहरुले हामीले बियरमा सिधै पिसाब हाल्ने सोचेर मानिसहरु निकै हाँसे ।’

डेनमार्कका एग्रिकल्चर र फुड काउन्सिलका अनुसार मानवीय फोहोरलाई मलको रुपमा यति ठूलो मात्रामा प्रयोग गरिनु नौलो कुरा हो ।

यो आइडियालाई ‘बियरसाइक्लिङ’ भनिन्छ । ५० हजार लिटर पिसाबबाट जति जौ उत्पादन भयो त्यसबाट ६० हजार बोतल बियर बनेको छ ।

तपाईको प्रतिक्रिया