शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – नेपाल भाषाको कथा विधा विकासका लागि क्रियाशील ‘बाखं दबू’ संस्थाले मंगलबार तीनवटा पुस्तक सार्वजनिक गरेको छ ।

कथा संग्रह ‘बाखं दबू’ को ११ औं अंक, डा. रिना तुलाधरको कथा संग्रह “बाःगु भू’ तथा दिब्या ताम्राकारले संकलन गरेको नेपाल भाषाका कथाकारहरुको डायरी पुस्तक सार्वजनिक भएका हुन् ।

कार्यक्रममा दबूका अध्यक्ष साहित्यकार तिलकप्रकाश कायस्थ, संस्थापक सदस्य राजा शाक्य र आख्यानकार मथुराकृष्ण सायमीले उक्त पुस्तकहरु बिमोचन गर्नुभएको हो ।

आफ्नो कुरा राख्दै कथाकार डा. रिना तुलाधरले पुस्तक तयारीको अनुभव सुनाए भने नेपालभाषा साहित्यकारहरुलाई नेवार समुदायले नै प्रोत्साहित नगरेको गुनासो पनि गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया