शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं –  सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदको हस्ताक्षरमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि व्यवस्थापिका संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि प्रक्रिया अगाडि बढ्ने भएको छ ।

महाभियोग प्रस्तावको प्रस्तावकमा कँंग्रेस सांसद मीन विश्वकर्मा रहनुभएको छ । संसद् कार्यसञ्चालन नियमावलीको नियम १६८ अनुसार दर्ता भएको प्रस्ताव परिपक्व हुन एक साताको समय लाग्नेछ ।

एक सातापछि सभामुखले प्रस्तावमाथि सामान्य छलफलको समय तोक्नुहुनेछ । संसद् अधिवेशन चालू नरहेको अवस्थामा पनि १५ दिनभित्र अधिवेशन बोलाई प्रस्ताव छलफल गराउनुपर्ने प्रावधान छ । सभामुखले तोक्नुभएको बैठकमा प्रस्तावकलाई सूचना ससद्मा पेस गर्ने समय दिइनेछ ।

यसरी पेस भएको प्रस्तावमा प्रस्तावकले महाभियोग लगाउनका कारण सदनमा पेस गर्नुपर्नेछ । प्रस्तावकले सदनमा विषय प्रवेश गराएपछि सभामुखले प्रस्तावमाथि छलफलका लागि समय तोक्ने नियमावलीमा व्यवस्था छ ।

तपाईको प्रतिक्रिया