शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – यस वर्षको १२८ औँ अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे, दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।  विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

यसैबीच–आज नेपालमा पनि विभिन्न कार्याक्रम गरि दिवस मनाइँदै । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन लागेको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

यस वर्ष अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ स्वतन्त्रलगायतका मजदुर सङ्गठनले सभा ¥यालीलगायतका विविध कार्यक्रम गरी मनाउन लागेका जनाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पसिना बगाएर, श्रम गरेर मिहिनेतको कमाइ खाने सम्पूर्ण श्रमजीविलाई विश्व मजदुर दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका श्रमजीविलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रत्येक बर्ष मे १ का दिन मनाइने विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरुप लिँदैजाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने अपेक्षा गर्दछु भन्नुभएको छ ।

शुभकामना प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अधिकारका लागि एकताबद्ध सङ्घर्षमार्फत विजय हासिल गरेको गौरवपूर्ण दिनका रुपमा मनाइने विश्व मजदुर दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।  प्रधानमन्त्री दाहालले आज मजदुर दिवसको अवसरमा शुभकामना दिँदै मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनलगायतका हकअधिकारको स्मरण गराउने गौरवशाली दिनका रूपमा मनाइने उल्लेख गर्नुभएको छ ।

हरेक वर्ष मे १ लाई विश्वभर अन्तराष्ट्रिय मजदुर दिवसको रूपमा मनाइने गरेको विश्व मजदुर÷श्रमिक दिवसको शुभकामना व्यक्त गर्न पाउँदा आफूलाई खुसी लागेको स्पष्ट पार्दै प्रधानमन्त्रीले १२८ औँ मई दिवसको यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी तथा कामदार वर्गलाई बधाई दिनुभएको छ ।

तपाईको प्रतिक्रिया