शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो-जापानको इस्ट रेल्वे कम्पनीले निर्माण गरेको अत्याधुनिक र विलासी रेलले आजदेखी आफ्नो सेवा सुरु गरेको छ । पाँच तारे होटलमा बसेको अनुभुती दिनेगरि निर्माण गरिएको यस रेलमा ठूला झ्यालहरु, आरामदायी सोफा, जिम हल, तथा हस्पिटल जस्ता अत्याधुनिक सुविधाहरु समेत उपलब्ध छन् । प्रत्येक यात्रामा ३४ जना ब्यक्तिहरुलाई मात्र लिएर यात्रा गर्ने रेलमा हरेक कोठामा २ जना बस्न सक्नेछन् ।

मे महिनादेखि नोबेम्बर सम्म यस रेलमा होक्काइदो तथा उत्तर पूर्वी जापानका विभिन्न स्थानहरुको ४ दिनको र यामानासी, नागानो र फुकुसिमाका विभिन्न क्षेत्रहरुमा २ दिनको यात्रा गर्न सकिनेछ । यो यात्राबापत प्रतिव्यक्ति ३२ मान येन देखि ९५ मान येनसम्म खर्च लाग्ने बताइएको छ ।

विश्वमा रेल यात्राको इतिहासमा जापानले विभिन्न किर्तीमानी कायम गर्ने क्रम रोकिएको छैन, यसअघि जापानले ६०३ किलोमिटर प्रतिघण्टा कुद्न सक्ने रेल संचालनमा ल्याएर कीर्तिमान कायम गरेको थियो ।
हेर्नुहोस् समुद्रपारि हाइलाइट्स:

तपाईको प्रतिक्रिया