बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३१ गतेको निर्वाचन भएरै छाड्ने दाबी गर्नु भएको छ । वैशाख १९ गते हुने उम्मेदवारको मनोनयनलाई उत्सव बनाउन संसदको बैठक पाँचदिन पर सारिएको उहाँले बताउनुभयो ।

आज व्यबस्थापिका संसदको बैठकपछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुरागर्दै प्रधानमन्त्री प्रचण्डले उम्मेदवारी मनोनयनमा सांसदहरुलाई समेत सहभागि गराउन संसद बैठक २१ गतेसम्म स्थगित भएको बताउनु भएको हो ।  यसअघि संशोधन विधेयकमाथि छलफल गर्न आजका लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गरेर बिहीवारसम्मका लागि स्थगित भएको थियो ।

सरकारले पहिलो चरणको चुनावलाई महत्व दिएको र संशोधन विधेयक पारित गरेर दोस्रो चरणको निर्वाचन सुनिश्चित गर्न खोजेको प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले केही दिनमै संशोधन पारित हुने र मधेशी मोर्चापनि दोस्रो चरणको चुनावमा भाग लिने समेत विश्वास व्यक्त गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया