बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले सेन्दाईमा पनि क्षेत्रिय कमिटी विस्तार गर्ने भएको छ ।

सेन्दाईमा १ क्षेत्रिय कमिटी बिस्तार गरी १३ क्षेत्र बनाउन लागिएको एनआरएनए जापानका सदस्य तथा क्षेत्रीय कमिटी विस्तार एवम् सहजिकरणका संयोजक प्रल्हाद सिं महतले जानकारी दिनुभयो ।

उहाँले सेन्दाई बासी नेपालीहरूलाई यस अभियान सहयोग गर्न अनुरोध गर्दै पूर्ण सहभागिताका लागि समेत आग्रह गर्नु भएको छ ।   साथै संयोजक महतले सेन्दाईमा रहेका नेपालीहरूलाई मे १५ तारिखसम्म सम्पर्क गर्न अनुराध पनि गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया