शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं  – आज बसेको व्यवस्थापिका संसदको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । नेपाली कांग्रेसका पूर्व सांसद नथुनीसिंह दुनुवार निधनमा आजको संसदले शोक प्रस्ताव पारित गरेको हो ।

२०४८ सालको निर्वाचनमा सिरहाबाट निर्वाचित ८८ वर्षीय पूर्व सांसद दुनुवारको वैशाख १० गते आइतबार निधन भएको थियो । अर्को बैठक वैशाख २१ गते दिउँसो ३ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

यसअघि आजको बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने चर्चा थियो, संशोधन प्रक्रिया पछि धकेलिएसँगै वैशाख ३१ को स्थानीय तहको निर्वाचन अनिश्चित बनेको छ ।

तपाईको प्रतिक्रिया