शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

लोक तथा दोहोरी गायिका जुना श्रीस मगरले लोक पारखीहरका लागि नयाँ अति नै मर्मस्पर्षी एकल लोक गीत बैश ढल्काएर गयौ बजारमा ल्याउनुभएको छ ।

बाग्लुङ्गे कोइलीका नामले पनि परिचित गाइका श्रीसले नयाँ बर्षको शुरु मै क्षणिक प्रेमको नाटक गरेर अन्तमा धोका दिने र धोका खानेहरुको कथा ब्यथा र वास्तबिकतालाई समेटेर हालै यो गीत बजारमा ल्याउनुभएको हो ।

आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गर्नुभएको यो गीतमा जुनाको स्वर छ भने शब्द तथा लय संकलन भने खेम पुन मगरले गर्नुभएको छ । हाँस्ने रहर रहर मै सिमित कति चाँडै फेरियौ तिमी त मनमा आगो सल्काएर गयौ के थाहा मलाई निष्ठूरी धोका दिन्छौ भनेर ब्यर्थै बैश ढल्काएर गयौ ।

अत्यन्तै मर्म स्पर्षी शब्द संयोजन रहेको यो गीतको भिडियोमा समेटिएको गाउँले परिबेशले गीतलाई अझ जीवन्त बनाएको छ । पछिल्लो समय बनावटी प्रेमको जालमा परेर हाँसो खुसीहरुको धेरैको लुटिने गरेको समाजको वास्तवितलाई जुनाको यस गीतले चित्रण गरेको छ । ब्यवसायितको नाममा भड्किला र उत्ताउला गीतहरुले लोकसंगीतको बजारमा बिकृति बढाइरहेका बेला स्थानीय मौलिकतालाई समेत जुनाको यो गीतले न्याय गरेको छ ।

सधै रुन पर्ने त होला नी रुँदा रुँदै मर्ने त होला नी मनमा आगो सल्काएर
गीतको म्युजिक भिडियोमा गायिका जुना, मौलिक लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगर र रेनु कुँवरले अभिनय गर्नु भएको छ । दुर्गा पौडेल को छायांकन तथा निर्देशन छ भने सम्पादन नबिन घर्ती मगरले गर्नुभएको छ । एडभेन्चर फिल्मस् प्रा.लिले निर्माण तथा बजार ब्यवस्थापन गरेको छ ।

गायिका जुनाका किन रुन्छौ ए न्याउली, आजमाया मसङ्ग तरक तरक छ, मनमा गहिरो घाउ छ के गरु, वारि घुम्टे पारी गाजा, यानिमायाको पन्चेबाजा, बाग्लुङको बजार सालैजो, यो मन किन रुन्थ्यो, दङ खाएको छु जस्ता थुप्रै गीतहरु चर्चित छन् ।

तपाईको प्रतिक्रिया