शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

शुक्रबारबाट रिलिज भएको चलचित्र ‘बाहुवली २’ले आफ्नो प्रदर्शनको पहिलो दिनमै सय करोडको आँकडा पार गरिदिएको छ । ‘कटप्पाले बाहुवलीलाई किन मारे ?’ भन्ने प्रश्नका कारण चर्चामा रहेको यो चलचित्रले पहिलो दिन भारतीय बक्स अफिसमा १ सय २१ करोडको व्यापार गरेको छ ।

एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रले हिन्दी भर्सनमा ४१ करोड कमाएको छ । चलचित्रले तेलुगु, तामिल र मलायालम भाषामा ८० करोडको व्यापार गरेको छ । प्रवास, अनुष्का सेट्टी लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले भारतबाट १२१ करोडको नेट कलेक्शन गर्दै नयाँ रेकर्ड बनाएको छ ।

बलिउडका ३ खानले यस अगाडि बनाएको सबै रेकर्ड यो चलचित्रले तोडेको छ । शनिबार र आइतबारसम्म चलचित्रले भारतभरबाट ४ सय करोड आसपासको व्यापार गर्ने पक्का देखिएको छ । चलचित्रले विश्वभरबाट पहिलो दिनमै २ सय करोडको ग्रस आँकडा पार गरेको छ ।

तपाईको प्रतिक्रिया