शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – सरकारले २९ चैतमा संसद्मा दर्ता गरेको संविधान संशोधनको दोस्रो विधेयकमाथि ५० संशोधन दर्ता भएका छन् । शनिबार बेलुकी १०ः३० बजेसम्म संशोधन दर्ता गराउन ७२ घन्टा समय दिइएको थियो ।

सत्तापक्ष र प्रतिपक्षले अलगअलग तथा केही दलहरुको तर्फबाट संयुक्त प्रस्ताव पनि दर्ता भएका छन् ।संशोधन प्रस्ताव फास्ट ट्याकबाट अगाडि बढाउने सरकारी तयारी छ ।

आइतबार बिहान बस्ने संसद् बैठकमा दर्ता भएको संशोधनलाई पेस गर्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ । तर, आइतबारकै बैठकको कार्यसूचीमा विधेयकलाई निर्णयार्थ पेस गर्ने वा नगर्ने भन्ने अझै टुंगो लागेको छैन ।

सभामुख ओनसरी घर्तीले दलहरुबीच सहमति जुटाउन अनौपचारिक छलफल गरिरहेकी छन् । दर्ता भएका संशोधन धेरै भएकाले छलफलको समय लम्बिने सम्भावना छ ।

प्रत्येक संशोधनमाथि दफावार छलफलपछि सरकारका तर्फबाट कानुनमन्त्रीले एकमुष्ठ जवाफ दिनुपर्ने हुन्छ । त्यसपछि मात्रै विधेयकमा मतदातको प्रक्रिया अघि बढ्ने छ ।

तपाईको प्रतिक्रिया