शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – तमु धीं जापानको आयोजनामा दोश्रो तमु धीं जापान रनिङ्ग कप फुटसल प्रतियोगिता हुने भएको छ । “स्वास्थ्य, राष्ट्र र मेलमिलापको लागि खेलकुदू” भन्ने मूल नाराका साथ मे २१ तारिक (आईतबार)का दिन प्रतियोगिता गर्न लागिएको हो ।

गत बर्षदेखि तमु धीं जापानले खेलकुदलाई पनि प्राथमिकता दिदै फुटसल प्रतियोगिता आयोजना गर्दै आएको छ । आयोजकले प्रतियोगितामा सहभागी हुन चाहने टीमले आफ्नो टीम दर्ता गर्न समेत अनुरोध गरिएको छ । प्रतियोगितामा प्रथम हुने टीमले नगद २ लाख २२ हजार २ सय २२ येनसहित रनिङ्ग ट्रफि, बिजेता ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुने टीमले नगद १ लाख ११ हजार १ सय ११ येनसहित उपविजेता ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रतियोगिता टोकियोको हाचियोजी स्थित हाचियोजी फुजिमोतो पार्कको खेल मैदानमा हुनेछ । सिमित टीम खेलाईने भएकाले पहिले दर्ता हुने टीमलाई प्राथमिकता दिईने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया