शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारीको नवीनतम् काव्यकृति ‘भरियाको भूगोल’ सार्वजनिक गरिएको छ । नेपालयले प्रकाशनमा ल्याएको उक्त काव्य कृति तीन वर्षपछि पुनः प्रारम्भ गरिएको पलेटीको नयाँ शृङ्खलामा सार्वजनिक गरिएको हो ।

कवि अधिकारीले ‘भरियाको भूगोल’ पहिलो प्रति आफूभन्दा पछिल्ला पिँढीका कवि श्रवण मुकारुङलाई उपहार दिएर पुस्तक सार्वजनिक भएको घोषणा गर्नुभयो ।  ‘स्मार्ट साइज’मा प्रकाशित उक्त भरियाको भूगोल काव्य कृतिको मूल्य २४५ रहेको छ । गीत र सङ्गीत क्षेत्रका स्रष्टाको लागि पलेटीले विगतमा एकल साँझ कार्यक्रम गर्दै आएको छ ।

सो अवसरमा कवि श्रवण मुकारुङले गद्य कविता क्षेत्रमा निकै ख्याति कमाउनुभएका कवि अधिकारीका कविता पाठकका लागि सरल र स्वादपूर्ण रहने गरेको बताउनुभयो । भरियाको भूगोल कवि अधिकारीको १३ औँ कृति हो । पलेटीको यो शृङ्खला गीतकार दिनेश अधिकारी विशेष थियो र उहाँका नयाँ र पुराना नौ वटा गीतहरु मीना निरौला र योगेन्द्र उपाध्यायले प्रस्तुत गर्नुभयो ।

गायन कार्यक्रमपछि कवि अधिकारीले शुक्रबार साँझ आयोजना गरिएको कार्यक्रममा आफ्ना नयाँ पुराना चार वटा कविता सुनाएर पलेटी कार्यक्रमको स्वादमा विविधता थप्नु भएको थियो

तपाईको प्रतिक्रिया