बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पुरयाउन कसरत थालेको छ । नेकपा एमालेले साथ नदिएपनि सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमा दुईतिहाई जुट्ने सत्ता पक्षले हिसाब निकालेका छन । सरकारले मधेसी मोर्चामा रहेका दल, फोरम लोकतान्त्रिक, राप्रपासहितको छलफलमाबाट दुईतिहाई पुग्ने निश्कर्ष सहित एमालेलाई छलफल नगरी प्रस्ताव अघि बढाएको खुलासा भएको छ ।

सत्तासिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, तराई मधेसका दल र राप्रपासहित जोड्दा दुई तिहाई पुग्ने सरकारले हिसाव निकालेको हो । संविधान संशोधन विधेयक पारित हुन दुई तिहाई मत आवश्यक पर्छ । कांग्रेससँग २०४ र माओवादीसँग ८२ सांसद छन् । फोरम नेपाल, तमलोपा, सद्भावना, तमसपा, नेकपा संयुक्त, रामसपा, थरुहट लगायत साना दलको मत पनि सरकारकै पक्षमा छन् । राप्रपाको ३७, फोरम लोकतान्त्रिकको १४ सिट जोड्दा ३९८ मत पुग्छ ।दुई तिहाईको लागि ३९८ मत आवश्यक पर्छ । हाल संसदमा कुल ५ सय ९६ सांसद छन् ।

संसदमा एमालेसँग १८२, मालेसँग ५, नेमिकपासँग ४ र राष्ट्रिय जनमोर्चासँग ३ सांसद छन् । कुल जोड्दा १ सय ९४ पुग्दछ । यसबाहेकका अन्य सबै दलहरु सरकारको पक्षमा रहेको सरकारी पक्षको दावी छ । नखुलेका दललाई देउवाको प्रधानमन्त्रीत्वमा सरकार लैजाने आश्वासन दिईसकेको स्रोतको दावी छ । संशोधन प्रस्ताव पारित गराउन सत्तासिन दलहरु अधिकतम प्रयासमा जुटेका छन । ***

तपाईको प्रतिक्रिया