शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – निर्वाचन आयोगले चुनावबारे १० वटा विशेषतासहितको मोबाइल एप र कलसेन्टर संचालनमा ल्याएको छ ।  एपबाट मतदाताले आफ्नो मतदाताको विवरण, निर्वाचन कार्यक्रम, मतदान केन्द्र, मतदाता शिक्षा, निर्वाचन शिक्षा, मतपरिणामसमेत हेर्न सकिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवले कलसेन्टर र मोबाईल एप्पको शुभारम्भ गर्नु भएको हो । एप र टोल फ्रि नम्बरको शुभारम्भ गर्दै उहाँले यसले मतदातमा प्रविधिको प्रयोगमार्फत सहज जानकारी दिन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।  एपको माध्यमबाट पहिलो चरणमा वैशाख ३१ गते हुने पहिलो चरणको र जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन कार्यक्रमबारे जानकारी लिन सकिने प्रमुख आयुक्त यादवले जानकारी दिनुभयो । उहाँका अनुसार एप्पबाट मतदाताले आफ्नो नाम र ठेगानामार्फत आफ्नो विवरणबारे जानकारी लिन सक्नेछन् ।

एपबाटै मतदाताले आफ्नो स्थानीय तहको मेयररअध्यक्षदेखि सदस्यसम्मको जानकारी लिन सक्ने आयोगले जनाएको छ ।  त्यसैगरी निर्वाचको मतगणना सुरु भइसकेपछि सम्बन्धित स्थानीय तहको निर्वाचन कार्यालयमा रहने इलेक्सन रिजल्ट इफर्मेसन सिस्टम (एरिस) बाट नतिजा केन्द्रिय सिस्टममा पठाएपछि उक्त नतिजा मोबाइलबाटै हेर्न सकिने भएको हो ।  यो एप आयोगको वेबसाइट http://www.election.gov.np वा एन्ड्रोएइड मोबाइलको प्ले स्टोर वा आइओएस मोबाइलको एप स्टोरबाट डाउनलोड गरी आफ्नो मोबाइलमा इन्स्टल गर्न सकनेछ ।

नेपाली र अंग्रेजी दुबै भाषामा रहेको यो एपबाट निर्वाचन कार्यक्रम, क्रियाकलाप, मतदाता नं खोज, मतदाताको विवरण, मतदान स्थलरकेन्द्र, मतदाता शिक्षा, उमेदवार सम्बन्धि विवरण, निर्वाचन नतिजा, मिडिया र बारेमा गरी १० ओटा विशेषता राखिएको छ ।  एपसँगै इन्टनेटको सुविधा नभएका मतदाताले निर्वाचन आयोगको टोल फ्रि नम्बर १६६०१४४२२२ मा सम्पर्क निर्वाचनसम्बन्धि जानकारी लिन सकिने बताइएको छ । नेपाल टेलिकमको फोनबाट मात्रै यो टोलफ्रि नम्बरमा शुल्क नलाग्ने आयोगले जनाएको छ । भिडियो हेर्नुस् –

 

तपाईको प्रतिक्रिया