शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र अबको दुई दिनपछि सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा विहिबार बसेको स्थायी कमिटीको बैठकमा घोषणापत्रको अन्तिम मस्यौदा र महानगरहरुका उम्मेदवार चयनका विषयमा छलफल भएको पार्टीले जनाएको छ ।

बैठकमा संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचन दुई चरणमा गराउने सरकारको निर्णयका सम्बन्धमा पनि छलफल भएको थियो । पार्टीका सचिव एवम् केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले अधिकांश प्रदेशका स्थानीय तहमा उम्मेदवार सिफारिस र तय भइसकेको बताउँदै घोषणापत्र चाँडै जारी हुने जानकारी दिनुभयो ।

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

तपाईको प्रतिक्रिया