शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

करिब दुई वर्षको पर्खाइपछि बाहुबलीको दोस्रो भाग शुक्रबार रिलिज भएको छ । यस बीच, भारतको तामिलनाडुमा फिल्मको सवै शो क्यान्सिल भएको छ । जसका कारण रातभर सिनेमा घरमा लाइनमा बसेका मानिसहरु आन्दोलनमा उत्रिएका छन् ।

आज बाट फिल्म चल्न शुरु भएसँगै मानिसहरुले ‘बाहुबलीलाई कटप्पालाई किन मारे ?’ भन्ने प्रश्नको जवाफसमेत पाउने भएका छन् । फिल्मलाई लिएर दर्शहरुमा निकै जोश रहेको छ । देशभर बाहुबली २ को रिलिजले वितरकहरुमा फिल्मले नयाँ इतिहास रच्ने आशा पलाएको छ ।

समाचारहरुका अनुसार बाहुबली २ को सवै शो चन्नाईमा रद्द भएको छ । के प्रडक्सन( तामिलमा बाहुबलीको वितरक) तथा प्रोड्युसरबीच पैसाका विषयमा सहमति नबेका कारण सवै शो क्यान्सिल भएका थिए ।
प्रहरी अधिकारीले चेन्नाइका सिनेमाहलमा बाहुबली २ नचलेपछि फिल्म हेर्न पुगेका मानिसहरु सडकमा उत्रिएका थिए । सिनेमाघरको बाहिर मानिहरुको ठूलो भीड जम्मा भएको छ र उनीहरुले बबाल मच्चाएका छन् । जसलाई नियन्त्रणमा लिन प्रहरीले लाठ्ठी चार्ज गरेको छ ।

तपाईको प्रतिक्रिया