शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आज मोबाईल एप्स र कलसेन्टर सार्वजनिक गर्ने भएको छ । मतदाताले आफ्नो बिवरण बुझ्न तथा मतदाता शिक्षाबारे जानकारी लिन सहज होस् भन्ने उद्देश्यले एप्स र कल सेन्टर सार्वजनिक गर्न लागेको आयोगका प्रवक्ता सुर्य प्रसाद शर्माले जानकारी दिनुभयो ।

बिहान १० बजे आयोग परिसरमा कार्यक्रम गरि निर्वाचन सम्बन्धि एप्स सार्वजनिक गरिने शर्माले बताउनुभयो । यसअघिका निर्वाचनमा कल सेन्टरको ब्यबस्था गरेपनि मोवाईल एप्सको ब्यबस्था भने पहिलोपटक गरिएको हो ।

यसैबीच स्थानीय तह निर्वाचनका लागि खटिएका मध्ये ४ सय १२ निर्वाचन अधिकृत कामबाट फर्किएका छन् । ४१ जिल्लानमा दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भएपछि ती जिल्लाका मतदान अधिकृत फर्किएको आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनका लागि समय बाँकी रहेकाले मतदान अधिकृत फर्किएको आयोग स्रोतले बताएको छ । उनीहरु आयोगको अर्को आदेशको प्रतिक्षामा छन् । पहिलो चरणमा निर्वाचन हुने ३४ जिल्लाका २ सय ९१ र मुख्य निर्वाचन कार्यालयका ४१ मतदान अधिकृत भने कार्यस्थलमै खटिएको आयोगका सुचना अधिकृत शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया