मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणा पत्र र उम्मेदवार चयनको बिषयबारे छलफल गर्न आजपनि स्थायी समिति बैठक बोलाएको छ ।

केहि दिनदेखि निरन्तर छलफलमा रहेको एमालेले महानगर, उपमहानगर र नगरपालिका सबै उम्मेदवार आज टुंगो लगाउन प्रयास गर्ने बताएको छ । जिल्ला र प्रदेशबाट आएका नामलाई आधार मानेर उम्मेदवार तय गरिने सो पार्टीले जनाएको छ ।

अपरान्ह ३ बजे बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा बस्ने बैठकमा हिजो प्रस्तुत गरिएको चुनावी घोषणा पत्रमा सदस्यहरुले आज सुझाव दिने पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो ।

सुझावका आधारमा घोषणा पत्रलाई अन्तिम रुप दिएर केहिदिन मै सार्वजनिक गरिने उहाँले बताउनुभयो । त्यस्तै बैठकमा मुलुकको पछिल्लो राजनैतिक अबस्था र सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकबारे समेत छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया