शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – नीजि शैक्षिक संस्थामा लिदैं भएको चर्को शुल्क अविलम्ब फिर्ता गर्न माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनले आज देशैभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने बताएका छन् ।

शिक्षा विभाग केन्द्रीय कार्यालय भक्तपुरमा पनि तालाबन्दी गर्ने अनेरास्ववियु नेता आरसी लामिछानेले बताउनुभयो । मापदण्ड विपरित विद्यालयले वृद्धि गरेको शुल्क फिर्ता प्रक्रिया शुरु नगरेसम्म वार्तामा पनि नबस्ने उहाँले बताउनुभएको छ ।

नयाँ शैक्षिक सत्र सुरु भएपछि विभिन्न विद्यालयले भर्नाबापत चर्को शुल्क असुलेको भन्दै विद्यार्थी संगठन संघर्षमा उत्रिएका हुन् । उनीहरुले उपत्यकाका ५० भन्दा बढी विद्यालयको लेखा र प्रशासनिक शाखाका साथै नीजि तथा आवासिय अर्गनाईजेसन प्याब्सनको कार्यालयमा पनि तालाबन्दी गरेका छन् ।

तपाईको प्रतिक्रिया