शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – मुलुकका महानगरपालिका र केही उपमहानगरपालिका भित्र सञ्चालति केबल टेलिभिजनहरु आजदेखि डिजिटल प्रविधिमा रुपान्तरण हुँदैछन् ।

सरकारको निर्णयअनुसार पहिलो चरणमा महानगर र उपमहानगर, दोस्रो चरणमा आउँदो कात्तिक १५ सम्म नगरपालिका र २०७७ वैशाख १५ सम्म सबै गाउँपालिकामा डिजिटल प्रविधिमा आधारित टेलिभिजनमा पुर्याउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

आजदेखि महानगरपालिका र केही उपाहानगरपालिकामा सञ्चालित सबै केवा सेवा प्रदाय डिजिटलमा जानुपर्ने बाध्यकारी व्यवस्था भएको मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले जानकारी दिनुभयो ।

आजदेखि नै एनालग प्रविधि पूरै बन्द हुने भने नभएको भन्दै उहाँले डिजिटलमा रुपान्तरण गर्ने समय तोकिएको बताउनुभयो । अन्तराष्ट्यि दूरसञ्चार संगठनले आफ्ना सदस्य राष्ट्हरुका सबै टेलिभिजनलाई डिजिटलमा लैजाने अभियान बमोजिम नेपालले बाध्यकारी रुपमा एनालगबाट डिजिटलमा जानुपर्ने भएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया