शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – म्याग्दी कलाकार समाजले यही बैशाख १६ गते प्रज्ञा प्रतिष्ठान कमलादिमा ‘खड्ग गर्बुजा एकल लोक गायन कार्यक्रमको आयोजना गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर उक्त एकल लोक गायन कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

समाजका अध्यक्ष बील पुर्जा मगरले लोक गायक गर्बुजा नेपाली लोक संगीतका ऐतिहासिक व्यक्तित्व भएको बताउँनु भयो । नेपाली लोक गायनका वरिष्ठ सर्जक गर्बुजालाई नचिन्ने र नजान्ने बिरलै रहेको भन्दै उहाँले गर्बुजा गीतहरूलाई प्रत्यक्ष दर्शककाबीचमा गुञ्जाउँने प्रयास गर्ने समेत बताउनुभयो । नि–बर्तमान अध्यक्ष राजन भूजेलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै गर्बुजा एकल लोक गायनले नेपाली गीत संगीतको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने दाबी गर्नुभयो । आज भोली नेपाली गीत संगीतको अस्तित्व धरापमा पर्दै गएको भन्दै उहाँले एकल लोक गायन कार्यक्रमले यसमा सक्दो सहयोग पाउने आशा गरेको बताउनुभयो ।

एकल गायनबाट प्राप्त रकमलाई लोक कल्याणकारी कोषको स्थापना गर्ने लक्ष्य राखेका बताउँदै आयोजकले कार्यक्रममा १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । त्यस्तै काक्रममा बरिष्ठ लोक गायक खड्ग गर्बुजाले २०६१ सालपछि पहिलोपटक आफुलाई म्याग्दी कलाकार समाजले दर्शकका बीचमा उभ्याउने जमर्को गरेकोमा आफु निकै खुशी रहेको प्रतिक्रिया दिनु भएको छ । कल्याणकारी कोषकी संयोजक जानकी बुढाथोकीले कलाकारको सिरमा कला र गला मात्रै नभई सामाजिक उत्तरदयित्व पनि रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया