शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – संयुक्त विद्यार्थी सङ्गठनहरुले प्याप्सन तथा एन प्याप्सनका कार्यालयमा तालाबन्दी गरेको छ । नीजि विद्यालयहरुले चर्को शुल्क लिएको विरोधमा आन्दोलनमा रहेका विद्यार्थी संठगनले आज प्याप्सन तथा एन प्याप्सनका कार्यालयमा तालाबन्दी गरेका हो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत हिजो उपत्यकामा मात्रै एक सयभन्दा बढी निजी विद्यालयमा तालाबन्दी गरेका थिए । तोकिएको मापदण्डभन्दा बढी शुल्क लिएको भन्दै नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारीलगायत विद्यार्थी सङगठन आन्दोलनमा छन् ।

यसअघि सरकार तथा सम्बन्धीत पक्षसंग पटक–पटक भएका सहमती नीजि विद्यालयहरुले लत्याएको भन्दै आज थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने समेत विद्यार्थी संगठनहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया