बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – देशका विभिन्न भागमा रहेका गैह्रसरकारी संघ संस्थाका प्रतिनिधिलाई निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
गैह्रसरकारी संघ संस्थासँग निर्वाचन आयोगले बिहीबार राजधानीमा गरेको अन्तर्क्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त आयोधी प्रसाद यादवले निर्वाचन आचार संहितालाई पालना गर्दै स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको हो । स्थानीयस्तरमा निर्वाचन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका गैह्रसरकारी संघसंस्था कुनै राजनीतिक दल विशेषसँग नजिक हुनसक्ने र त्यहाँका प्रतिनिधिको आस्था कुनै दल निकट सक्ने भएकाले मतदाता शिक्षा कार्यक्रममा भने स्वतन्त्र र निष्पक्ष बन्न उहाँले आग्रह गर्नुभयो ।
मुलुकभर झण्डै ५० हजारको हाराहारीमा गैह्रसरकारी संस्था छन् । तिमध्ये अधिकांशले स्थानीय स्तरमा मतदाता शिक्षा र निर्वाचन सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया