शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोख्रेलले “पुर्नउत्थानको कार्यमा धेरै चुनौतीहरु देखा परेपनि विभिन्न साझेदारहरुको सहयोगबाट अझ सुद्धढ पुननिर्माणको सन्देश गाउँगाउँमा पुगेकोले बलियो संरचना तथा भुकम्प प्रतिरोधि घर बनाउने अभियान अघि बढेको बताउनुभएको छ ।

नेपालका लागि जापान सहयोग नियोग (जाइका) को सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गृह मन्त्रालयले संयुक्त रूपमा आज गोरखा भूकम्पको दोस्रो वार्षिकीको अवसरमा –“भूकम्प पश्चातको पुनर्निर्माण देखि विपद् जोखिम न्यूनीकरण सम्मः नेपालको पुनरुत्थान तथा पुनर्निमार्णमा अझ सुदृढ निर्माणलाई मूल प्रवाहीकरण गर्दाका सिकाइहरू”नामक गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।

उक्त गोष्ठीले अझ सुदृढ र्निमार्णको सिद्धान्तमा रहेर विगत दुई वर्षमा पुनरुत्थान तथा पुनर्निर्माणको विभिन्न क्षेत्रहरूमा जाइकाको योगदान सहितको प्रगति तथा उपलब्धिलाई प्रकाश पारेको थियो । साथै, गोष्ठीले चुनौतीलाई पहिचान गर्ने र महत्वपूर्ण सिकाईहरूलाई प्रकाश पार्ने कार्य गरेको थियो । जाइकाबाट सहयोग पाएका दुईजना भूकम्प पीडितहरूले आफ्नो जीवनलाई पुनः सामान्य बनाउने क्रममा भोगेका दुःख, सरोकार तथा मुद्दाहरू उठाएका थिए ।

जाइका मुख्यालयका आगन्तुक वरिष्ठ प्राविधिक सल्लाहकार किमियो ताकेयाले आफूले भूकम्पीय देश भएको हुनाले भोगेका अनुभवहरूको आधारमा जापानले नेपाललाई केन्द्रीय तथा स्थानीय तहमा भूकम्प पुनरुत्थानको क्षमताअभिवृद्धि गर्नको लागि दिनसक्ने अद्वितीय योगदानहरू माथि जोड दिनुभयो ।

उहाँको नेपालको प्रकोप जोखिमन्यूनीकरण क्षमताअभिवृद्धि गरिनुपर्छ भन्ने धारणाप्रति गृह मन्त्रालयका सहसचिवश्री कृष्ण बहादुर राउतले पनि समर्थन जनाउनुभयो । उहाँले सरकार पुनरुत्थान र पुननिर्माणको काममा र साथै नियमित विकास निर्माणका अभियानमा पनि प्रकोप जोखिमन्यूनीकरणका कार्यहरूलाई मूलप्रवाहीकरण गर्नको लागि कटिबद्ध रहेको कुरा बताउनुभयो ।

कार्यक्रममा जाइका नेपालका प्रमुख जुन साकुमाले “भुकम्पपश्चात पुर्नउत्थान र पुर्ननिर्माणको विषयनिकै महत्वपूण रहेको बताउनुभयो ।

जापानी राजदूत मासाशी ओगावाले “जापान र नेपालबिचको लामो मैत्रीपूर्ण सम्बन्धलाई मध्ये नजर गर्दै यस्ता खालका विपदबाट बच्न र बचाउन जापान सरकारको साथ निरन्तर रहेको साथै अझ सुदृढ निर्माणमा नेपाललाई सहयोग पुर्याउन सधै तत्पर भएको ” बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया