बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं — द कपिल शर्मा शो को ठाउँमा सलमान खानले चलाउने दश का दमु आउने बताइएको छ । कपिलको शोले लिएको प्राइम टाइम दश का दमले ओगट्ने बताइएको छ ।

डीएनएका अनुसार सोनी च्यानलले सलमानसँग कुरा गरिरहेको छ र उनीहरूका बीच दुई दिनभित्र शोको विस्तृत कुरा फाइनल हुनेछ । सबै कुरा मिल्यो भने कपिलको शोको ठाउँमा दश का दम जुलाईबाट शुरु हुनेछ । कपिलसँग सोनीले सम्झौता नवीकरण नगर्ने भएको छ ।

सलमान यसअघि सन् २००८ र २००९ मा दश का दम चलाउनुभएको थियो तर त्यतिखेर यो खासै चलेको थिएन ।

तपाईको प्रतिक्रिया