बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

दुबई – विगत दुई बर्षदेखि मुटुको रोगबाट पीडित बागलुङ दुधिलाभांटी काफलठुटा–३, निवासी जगरबहादुर खड्कालाई गल्कोट समाज युएईले आर्थिक सहयोग गरेको छ ।
लामो समयदेखि पीडित खड्कालाई स्वास्थ्य उपचारका लागि ४० हजार रुपैयां सहयोग गरेको हो । भारत, काठमाडौं र पोखराका अस्पतालहरुमा उपचार गराएको र निज खड्काको घरको अवस्था नाजुक भएकाले समाजलाई सहयोगको अपिल गरेपछि सो रकम सहयोग गरिएको बताइएको छ ।
उक्त रकम समाजका कोषाध्यक्ष निर्दोष खत्री र गम भण्डारीको पहलमा संकलन गरिइएको थियो । सो रकम युएईबाट समाजले सोही गाउँमा बसोबास गरेका समाजसेवी तथा बुद्धिजीवि जीवन भण्डारीलाई पठाई दिएपछि पीडितलाई हस्तान्तरण गरिएको थियो । पीडितको श्रीमती, २ छोरा र एक छोरी छन् । अहिलेसम्म उपचार गर्ने क्रममा लगभग ३० लाख जति खर्च भईसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया