शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

बैंग्लोर – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावाद बिचको खेलमा रद्द भएको छ । मंगलबार राति बैंग्लोरमा हुने तय भएको खेल वर्षाका कारण टस नै नभइ रद्द भएको हो ।

खेल रद्द भएका कारण दुवै टिमले एक एक अंक पाएका छन् । खेल रद्द हुँदा बैंग्लोरलाई भने घाटा लागेको छ । उसको प्लेअफमा पुग्ने यात्रामा समस्या सिर्जना भएको छ । अहिलेसम्म दुई खेलमा मात्रै जितेको बैंग्लोर हैदरावादसँगको खेल रद्द भएपछि ८ खेलबाट पाँच अंकसहित छैटौं स्थानमा छ ।

८ खेलबाट ९ अंक जोडेको हैदरावाद तेस्रो स्थानमा छ । लिगमा अब विराट कोहली कप्तान रहेको बैंग्लोरले ६ खेल खेल्न बाँकी छ । बाँकी सबै खेल जितेमा उसको १७ अंक हुनेछ ।

आइपिएलको गएको ९ वर्षको इतिहासमा १६ अंक भन्दा कम भएर पनि चार टिम मात्रै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । हैदरावादसँगको खेल भएर जितेको भए बैंग्लोरको अन्तिम चारमा पर्दै प्लेअफमा जाने सम्भावना केही सहज हुने थियो । तर अब भने बाँकी सबै खेल जितेर पनि अरु टिमको प्रदर्शनमा भर पर्नु पर्ने भएको छ ।

तपाईको प्रतिक्रिया