शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – नेपाली मौलिक सँस्कृतिको धरोहर मानिने परम्परागत लोकबाजालाई जापानमा भित्र्याउने देउराली पञ्चेबाजा समुहले आउँदो मे महिनामा मैत्रिपूर्ण बनभोज कार्यक्रम गर्ने भएको छ ।

नेपाली परम्पराअनुसार हरेकजसो शुभकार्यमा प्रयोग हुने पञ्चेबाजालाई जापानको नेपाली समुदायमा हुने विभिन्न मनोरञ्जनात्मक गतिबिधिहरुमा प्रयोग गरी जापानमा पनि नेपाली सँस्कृतिलाई प्रबर्द्धन गर्ने उद्देश्यले देउराली पञ्चेबाजा समुह सन् २०११ सालदेखि जापानमा क्रियाशील छ ।

जापानबासी नेपालीहरुबीच पारस्परिक भाइचारा, एकता, सम्बन्ध र सम्पर्कको बिकास एवं बिस्तार गर्ने र विविध साँगीतिक वातावरणमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले उक्त बनभोज कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक गमप्रसाद जुग्जालीले समुद्रपारिलाई बताउनुभयो ।

बनभोज कार्यक्रम आउँदो मे महिनाको १४ तारिख आइतवारका दिन बिहान १० बजदेखि अपरान्ह ४ बजेसम्म शिनमारुको स्टेशन नजिकैपर्ने मारुकोबासी पार्कमा राखिएको बताईएको छ ।

पञ्चेबाजामा दोहोरीको घम्साघम्सी, डिजे, भाग्यशाली चिट्ठा, पुरुष तथा महिला छेलो लगायतका मनोरञ्जनपूर्ण कार्यक्रमसहित हुने सो मैत्रिपूर्ण बनभोजमा उपस्थित भै दिनु हुन जापानबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा देउराली पञ्चेबाजा समुहका अध्यक्ष महेन्द्र वानियाँले अपील गर्नुभएको छ ।
बनभोज कार्यक्रममा पुरुषका लागि ३ हजार र महिलाका लागि २ हजार ५ सय येन प्रवेश शुल्क रहेको बताईएको छ ।***

तपाईको प्रतिक्रिया