शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – भूकम्प पीडित र अति विपन्न तीन छुट्टाछुट्टै समुदायका लागि एकीकृत नमुना बस्ती बनाएर नेपालमा प्रशंसा बटुलेका हाँस्य कलाकार जोडी धुर्मुस/सुन्तलीलाई जापानमा एक कार्यक्रमकाबीच अभिनन्दन गरिने भएको छ ।
सनराईज कर्पोरेशन लिमिटेड जापानले धुर्मुस सुन्तली फाउन्डेसन सहयोगार्थ ‘धुर्मुस सुन्तली साँझ २०१७’ को आयोजना गरि अभिनन्दनसमेत गर्न लागेको हो । कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई यही अप्रिल ३० तारिखका दिन जापानको टोकियोस्थित नाकानो जिरो हलमा अभिनन्दन गर्न लागिएको हो ।
कार्यक्रममा धुर्मुस/सुन्तलीले प्रहसन गर्ने कार्यक्रम समेत रहेको छ । साथै उनीहरुले तीन वटा एकीकृत नमुना बस्ती बनाउनका लागि गरेका पहलहरु र भावी योजनाका बारेमा जापानमा रहेका नेपालीहरुलाई जानकारी दिने छन् । धुर्मुस/सुन्तलीले ‘बुबा हजुर’ को सम्मान दिने नेपालकै चर्चित कार्यक्रम संचालक दिनेश डिसीले पनि प्रस्तुति दिने छन् । कार्यक्रममा चर्चित पप गायक दिपक बज्राचार्यले आफ्ना सांगीतिक प्रस्तुती पस्कने कार्यक्रमसमेत रहेको आयोजकको भनाइ छ ।
त्यस्तै, गरी हाँस्य कलाकर बांगे बाको चर्चित प्रस्तुति पनि समावेश गरिएको आयोजकले जनाएको छ । भूकम्प पीडित र अतिविपन्न समुदायका बासिन्दालाई एकीकृत आवास निर्माण गरि उदाहरणीय काम गरेका कलाकारद्धयलाई अभिनन्दन गर्न र उनीहरुको अभियानमा साथ दिनका लागि कर्पोरेसनका अध्यक्ष रविन्द्र श्रेष्ठले जापानमा रहेका नेपालीहरुलाई आग्रह समते गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया