शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानको ओसाकामा सम्पन्न १५ औं वाटा जापान ओपन तेक्वान्दो च्याम्पियनसिपको अन्तर्रास्ट्रिय प्रतियोगितामा प्रजुन कुईकेल र विवेक श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।
२५ केजीका १० वर्षीय प्रजुन कुईकेलले १६ देशको २९ र २७ खेलाडीलार्इ हराउँदै फाइनलमा काजाकिस्तानलाई हराएर स्वर्ण पदक जितेका हुन् भने १० बर्ष कै २९ केजीका विवेक श्रेष्ठले फाइनलमा मकाउलाई हराउदै स्वर्ण पदक जितेका हुन् । श्रेष्ठले पुम्से विधामा पनि कास्य पदक जितेका छन् । त्यसैगरी, तिलक लामा ७४ केजी मुनिको फाईनलमा हङ्कङका खेलाडीसँग पराजित भई दोश्रो स्थानमा रहन सफल भएका छन् । यता, १० बर्षकी प्रगती कुर्इंकेलले मलेसियालाई हराउँदै सेमिफाइनलमा पुगेपनि सेमिफाइनलमा जापानसँग पराजित भएपछि कास्य पदकमै चित्त बुझाएकी छन् ।


टिमको प्रशिक्षकमा एनटीएका अध्यक्ष अशोक खड्का, व्यवस्थापकमा युनिटी तेक्वान्दो एकेडेमी र हङकङका अध्यक्ष दिल गुरुङ रहेका छन् । बिभिन्न विधामा गरी जम्मा ५ सय खेलाडीले भाग लिएको प्रतियोगितामा स्थानीय सहयोग एनआरएन कान्साइका नि. वर्तमान अध्यक्ष तथा क्योउदाइ रेमिटान्स (आइएमइ) कान्साईका प्रमुख नरेन्द्र बस्नेतले गर्नु भएको र खेलाडीहरुको हौसला र सहयोगको लागि उल्लेख्य रुपमा कान्साईवासी नेपालीहरुको उपस्थिति भएको थियो । विजयी खेलाडी र टिमलाई आज बधाई दिन एनआरएन कान्साइले ओसाकामा रात्रिभोज कार्यक्रमको आयोजना गरेको छ ।

तपाईको प्रतिक्रिया