शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

दुबई – युएईमा कार्यरत नेपालीहरूले गत शुक्रबार अल वसल क्लब दुबईमा भएको कराते प्रतियोगितामा एभरेष्ट नेपाली कराते कल्बबाट चार नेपाली खेलाडीले सफलता पाएका छन् । अल वसल स्टेडियम दुबईमा भएको १३औ राष्ट्रिय कराते च्याम्पियनसीप (जेकेएसकप) अन्तर्गत विजय तामाङ्गले ६५ किलो तोल समूहमा स्वर्ण पदक जितेका छन् ।

५५ किलो तौल समूहअन्तर्गत उत्तम गुरुङ्गले स्वर्ण तथा पुष्प न्यौपानले रजत पदक हात पारे । ७५ किलोमा कुमार भुसालले कास्यपदक जितेका छन् । भिपी क्लबका टिम प्रमुख पबित्र भण्डारी रहेका थिए । अफीसीयलमा परशुराम घिमिरे र हीरालाल श्रेष्ठ र पूर्ण लामा रहेका छन् । बिसाल थापा रेफ्रि थिए ।

युएइ करातेका प्राविधिक निर्देशक तथा डब्लुकेएफ प्राबधिक कमिटी सदस्य मोहम्मद अब्बाससंग प्रशिक्षक रबी शाही र अन्य करातेकर्मीको सहभागिता रहेको निमकान्त पाण्डेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया