शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – स्थानीय तहको चुनाव नजिकिँदै गर्दा प्रमुख तीन ठूला दलले चुनावी प्रचारप्रसार तीब्र पारेका छन् । तीन ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र मात्र होइन, अन्य दलहरु पनि चुनावी प्रचारलाई तीब्र पारेका छन् । चुनावी प्रचारको गतिलो माध्याम भनेको गीत संगीत पनि हो ।

प्रमुख तीन ठूला दलले चुनावी गीत नै बनाएर यूट्युवमा अपलोड गरेका छन, सामाजिक सञ्जालहरुमा पनि प्रचारप्रसार तीब्र पारिएको छ । कांग्रेसले ‘उठ हे उठ नेपाली, कांग्रेसलाई जिताउन लाग नेपाली, चारतारा झण्डा बोकी जाग नेपाली, गाउँ शहर बस्तीबाट लाग नेपाली’ भन्ने बोलको चुनावी गीत बनाएको छ ।

चोलेन्द्र पौडेलको शब्द तथा लयमा रहेको उक्त गीतमा चोलेन्द्रसहित जुना श्रीसमगर, रामजी पौडेल, चन्द्र कार्की, कृष्ण सुवेदी, ज्योति लोहनी, अमर धितालले श्वर दिएका छन् ।

हेर्नुहोसः कांग्रेसको चुनावी गीत-

नेकपा एमालेले पनि आफ्नो चुनावी गीत भर्खरै सार्वजनिक गरेको छ । ‘भोट कसलाई उज्यालो घामलाई दिनुहोस, देश बनाउने जिम्मेवारी हामीलाई दिनुहोस’ भन्ने बोलको गीतमा चर्चित गायक पुरुषोत्तम न्यौपानले श्वर दिएका छन् । सूर्य न्यौपानको शब्द तथा संगीतमा रहेको उक्त गीतमो राष्ट्रियतालाई जोड दिइएको छ ।

‘सिमानामा छिमेकीले साह्रै आँखा गाडे, अरु कोही बोल्ने छैनन्, एमालेले थाले । आँच पुर्याउन खोजे भने राष्ट्रियतामाथि, एकजुट हुने बेला आयो देशैभरका साथी’ भन्ने शब्दसमेत गीत घुसाइएको छ ।

हेर्नुहोसः एमालेको चुनावी गीत-

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र पनि चुनावले तातेको छ । माओवादी केन्द्रले पनि चुनावी गीत बनाएर प्रचारप्रसार गरिरहेको छ । ‘गाउँ शहर गल्ली चोक, घर घर जाउँ माओवादी केन्द्रलाई विजय गराउँ’ भन्ने पार्टीले तय गरेको चुनावी नारालाई नै चुनावी गीत बनाएको छ ।

माओवादी केन्द्रका हेडक्वाटर सदस्य मणि थापाको शब्द संयोजनमा तयार गरिएको माओवादीको चुनावी गीतमा काशीराम बुढामगर ‘झंकार’ र केशरी घर्तीमगर, प्रगति महरा, विहानी विकले श्वर दिएका छन् ।

हेर्नुहोसः माओवादी केन्द्रको चुनावी गीत-

 

तपाईको प्रतिक्रिया