शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र विगतमा भएका बेतिथि लगायत कथावस्तुमा केन्द्रित चलचित्र ‘उज्यालो नेपाल निर्माण भएको छ । चलचित्रमा राजेश हमाल उर्जा मन्त्रीको भूमिकामा देखिएका छन् भने क्याप्टेन विजय लामा प्राधिकरण कार्यकारी निर्देशकको रुपमा देखिएका छन् ।

चलचित्रमा विद्युत विकासमा देखिएका समस्या र चालिएका कदमहरुलाई पनि देखाउन खोजीएको छ । चलचित्रले विद्युत उत्पादन बढाएर देश उज्यालो बनाउने मन्त्री शर्माको अठोट र विद्युतको उचित व्यवस्थापनमा कुलमान घिसिङले देखाएको कुशलतालाई प्रस्ट गरेको छ । शुभ मिडिया होम प्रा।लिले निर्माण गरेको यस चलचित्रमा अभिमन्यु निरवीको कथा रहेको छ ।

सरोज ओलीको निर्देशन रहेको चलचित्रमा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रवि शर्मा, विनोद राई, विष्णु बुढाथोकी लगायतका कलाकारको अभिनय छ । चलचित्र युट्युबमा पनि सार्वजनिक गरिएको छ । हेर्नुहोस् भिडियो–   

 

तपाईको प्रतिक्रिया