शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

आमा बनेपछि पनि करिना कपुरको क्रेज घटेको छैन । गत डिसेम्बरमा छोरा जन्माएकी करिना पुनः अभिनयमा सक्रिय हुने सोचमा हुनुहुन्छ । उहाँलाई फिल्म अभिनयका लागि अफर आई नै रहेका छन् । तर, तीमध्ये एकजना निर्माताले करिनालाई ६ करोड भारुको अफर दिएका छन् ।

करिनाले आमा बन्नुअघि ‘वीरे दी बेडिङ’ नामक फिल्मको सुटिङ सकाउनुभएको थियो । सो फिल्म प्रदर्शनमा आउन बाँकी छ । करिना अब भने उक्त ६ करोड पारिश्रमिकवाला फिल्म साइन गर्ने सोचमा पुग्नुभएको छ ।

बलिउडमा अभिनेत्रीलाई ६ करोड भारु पारिश्रमिक दिइनु भनेको निकै ठूलो रकम मानिन्छ । त्यसमाथि पनि भर्खरै सुत्केरी भएकी करिनालाई त्यति पारिश्रमिक दिइनु निकै धेरै हो । पारिश्रमिक पनि धेरै पाइने भएकाले करिनाले सो फिल्म स्विकार्ने सोच बनाएको भारतीय अनलाइनहरूले उल्लेख गरेका छन् ।

पछिल्लो समय कंगना रनावतले ‘रंगुन’ फिल्ममा ११ करोड भारु पारिश्रमिक लिएको खबर आएको थियो । जसकारण कंगनालाई बलिउडकी सर्वाधिक महँगी हिरोइन पनि भन्ने गरिन्छ । यद्यपि रंगुन फ्लप भयो । बलिउडका अधिकांश हिरोइनले एउटा फिल्मबाट सामान्यतया पाँच करोड भारु पारिश्रमिक पाउने गर्दछन् ।

तपाईको प्रतिक्रिया