शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

सलमान खानको नयाँ फिल्म ‘ट्युबलाइट’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । कविर खान निर्देशित ट्युबलाइटको निर्मातामा सलमान र उहाँकी आमा सलमा खान रहनुभएको छ ।

इदको अवसर पारेर २३ जुनमा प्रदर्शन हुने ट्युबलाइटको पोस्टरमा जुत्ताको माला लगाएका सलमानले सलाम ठोक्नुभएको छ । भारतीय इतिहासको एउटा युद्धको विषयमा निर्माण गरिएको बताइने फिल्ममा सलमानका साथमा सोहेल खान, ओम पुरीका साथ शाहरुख खान पनि केमियो रोलमा छन् ।

तपाईको प्रतिक्रिया