बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – फेसबूकले मानिसको दिमागमा रहेका विचारलाई शब्दमा परिवर्तन गरेर सन्देश पठाउन मिल्ने प्रविधि विकास गर्न लागेको घोषणा गरेको छ । प्रयोगकर्ताको दिमाग पढेर आफैं मेसेज टाइप गरिदिने फेसबूकको यो प्रविधिप्रति धेरैको चासो छ । डिभेलोपर कन्फेरेन्स एफ८ का क्रममा बुधवार फेसबूकले यस्तो घोषणा गरेको हो ।

यो प्रविधिले व्यक्तिको आँखाको अध्ययन गरेर दिमागका भएका न्युरोन गतिविधिमा आएका परिवर्तनलाई ट्य्राक गर्छ र तिनलाई तत्कालै स्मार्टफोनको स्क्रीनमा शब्दमा परिवर्तन गर्छ । आगामी दुई वर्षमा फेसबूकले यो महत्त्वाकांक्षी लक्ष्य पूरा गर्ने निर्धारण गरेको छ । तर यस्तो भव्य प्रविधि विकास गर्नु सजिलो काम नभएको फेसबूक स्वीकार्छ । तर असफल भइएला भन्दैमा यसमा काम नगर्ने कुरै आउँदैन, फेसबूककी हार्डवेयर रिसर्च डिभिजन प्रमुख रेगिना दुगान बताउँछिन् ।

यसमाथि टिप्पणी गर्दै फेसबूकका सीईओ मार्क जुकरबर्गले दिमाग अध्ययन प्रविधिबाट सन्देश टाइप गर्ने काम फोटो र भिडियो शेयर गरेजत्तिकै सहज हुने बताए । आफ्नो पेजमा लेख्दै उनले भने, ‘तपाईंले अहिले फोनमा टाइप गरेभन्दा पाँच गुणा छिटो टाइपिङ दिमागबाटै गर्नुहुनेछ ।’ –एजेन्सी

तपाईको प्रतिक्रिया