शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टाेकियाे-केही दिन अगाडि असामयिक म‌ृत्यु भएका खेमराज डाँगीकाे अन्त्येष्टि यही अप्रिल २१ तारिक शुक्रबार गरिने भएकाे छ ।

टाेकियाेकाे निशी घाेतान्दास्थित किरिगीया साईज्याेउमा दिनकाे २ बजे उनकाे अन्त्येष्टि गरिने जानकारी एनअारएन जापानका उपाध्यक्ष देविलाल भण्डारीले दिनुभयाे । अन्त्येष्टि पश्चात डाँगीकाे अस्तु यथाशिघ्र नेपाल पठाउनकाे लागि पनि अावश्यक तयारी भईसकेकाे भण्डारीले बताउनुभयाे । झापाली समाज जापानका महासचिव चुडामणि काफ्लेले डाँगीकाे अन्त्येष्टिमा सहभागी भईदिनकाे लागि सम्पूर्ण जापानबासी नेपालीहरुलाई अनुराेध गर्नुभएकाे छ । साथै समाजले मृतककाे परिवारकाे अार्थिक अवस्था अत्यान्तै दयनीय भएकाेले जापानमा रहेका विभिन्न स‌ंघसंस्था, व्यावसायी लगायत सम्पूर्णमा सहयाेग गरिदिन अनुराेध गरेकाे छ ।

झापा शनिश्चरे ३ घर भई ८ महिना अगाडि जापान अाएका डाँगी कामातास्थित तामागोया नामक बेन्तो कम्पनीको राइस सेन्टर सेक्शनमा काम गर्दै आएका थिए । कम्पनीद्वारा आयोजित एक डिनर पार्टीमा सामेल भईरहेको अवस्थामा अचानक बेहोस भई तत्काल नजिकको अस्पताल पुर्‍याईएको भए पनि उपचारकै क्रममा राती ९:३५ बजे अस्पतालले मृत घोषणा गरेको थियो । मृतक डाँगीकाे नेपालमा श्रीमती, ६ वर्षकाे एक छाेरा र बाबाअामा रहेकाे मृतककाे अाफन्त राजकुमार कुँवरले समुद्रपारिलाई बताउनुभयाे ।

कार्यक्रमको विस्तृत विवरण

मिति : २०१७/०४/२१ तारिक शुक्रवार
श्रद्धान्जली कार्यक्रम १:३० बजे (दिउँसो )
स्थान : तोक्यो तो सिनागावा कु निशि गोताण्डा ५-३२-२० 東京都品川区西五反田 5-32-20 फाेन : 03-3491-0213
सम्पर्क :
देविलाल भण्डारी (उपाध्यक्ष – एनआरएन जापान) ०८०-४७१७-४८८६
चुडामणि काफ्ले (महासचिव – झापाली समाज – जापान) ०७०-३८५०-९५९७
राजकुमार कुँवर (मृतकको सालो) ०८०-३७०७-९७००
अार्थिक सहयोगको लागि राजकुमार कुँवर (खाता नं : १८१२०- ३२२३०४११)

तपाईको प्रतिक्रिया