शब्दको कम्पन

लेख्न, पढ्नु भनेको कुनै अपराध हैन । जीवनमा कतिसम्म लेख्नु पढ्नुपर्दछ भन्नेमा न यसको न सीमा हुन्छ, न उमेर हुन्छ । शिक्षा एउटा अनन्त ज्ञान पनि हो । त्यसैले राम्रो शिक्षाले ब्यक्तिदेखि राष्ट्रलाई समेत ठूलो योगदान पुर्‍याएको हुन्छ । पढेलेखेका ब्यक्तिको वोली ब्यवहारदेखि हरेक कुराहरुमा अन्य सामान्य ब्यक्ति भन्दा फरक हुन्छ । त्यसैले पछिल्लो समयमा मासिको बौद्धिक क्षमता यति धेरै वृद्धि भएको छ कि जसले छिनछिनमा विश्वमा एउटा चहलपहनै ल्याईदिन्छन । उनीहरुले लेखेका चोटिला र गहकिला विषय वस्तु यति शक्तिशालि हुन्छन । जसले त्यसको अध्ययन उनीहरुले युद्धको विषर्ण र आगोको लप्कामा रमाउन चाहन्छन । कुनै यति पुस्तकहरु छन जुन पुस्तक पढ्यो भने पाठकहरुको जीवनमा केही नै केही परिवतन ल्याईदिन्छन । हाम्रो समाजमा विद्यमान सामाजिक कुरीति र अमानविय ब्यवहारदेखि राष्ट्राध्यक्ष कूर्सीमा आसिन हुने सम्मलाई यति तिखो वर्ण प्रहार गरिरहका हुन्छन ।

मानिसहरुसँग यति धेरै क्षमता रहेछ भन्ने वारेमा विगत केही वर्ष यतादेखि प्रकाशनमा आएका पुस्तकहरुले पनि पुष्ट्याई गरिरहेको छन । आम पाठकहरुको मन यतिसम्म जित्न सफल भए कि जसले पहिला प्रकाशित संख्याले नपुगि पुनः त्यहि संख्यामा त्यहि किताव प्रकाशन पुर्नुपर्ने बनायो । हाम्रो देशमा कहाँबाट कति पुस्तकहरु प्रकाशन भएभने सवै स्थानहरुको विवरण राख्ने एउटा माध्यम नहुदा लेखकहरु निकै पीडित हुने गरेका छन । जसले जे मन लागेको छ, जहाँबाट पनि प्रकाशन गर्न सकिन्छ भनेर गलत पद्दतिको बाटोलाई आत्मसाथ गरेका छन । यो उनिहरुको जीवनमा एकपटक प्रकाशन गरिएको पुस्तक लागि त राम्रो होला तर दर्जनौ पुस्तकहरु प्रकाशन गरिरहेका लेखको लागि नराम्रो हुन्छ । नेपाली लेखकहरुले जति पनि पुस्तकहरु लेखेका छन ती पुस्तकहरु एउटा निकायबाट संकलन गरी त्यसको विवरण राख्न सकियो भने पाठकहरुले जुन वेला जुन किता चाहन्छन त्यो किताव सहज पाउने थिए । यतिमात्र हैन भावि पुस्तकको लागि इतिहास हुने छ । देशमा सयौं पुस्तकालयहरु पनि नभएका हैनन् । ठाउँ ठाउँमा पुस्ताकलयहरु पनि स्थापना गरिएका छन । तर ती पुस्तकालयहरुका केही समय अघि प्रकाशन भएका पुस्तकहरुमात्र छन । केही सीमित लेखहरुले लेखेका पुस्तकहरु छन । लेखकहरुलाई आत्मसाम्मान चाहिएको छ भने त्यहो हो, राज्यले एकद्धार प्रणालीबाट पुस्तकहरु प्रकाशनको ब्यवस्था मिलाई सवै पुस्तकहरुको पुस्तक संग्रहलय चाहिएको छ । जुन पाठकले जुन पुस्तक पढ्न चाहेको छ त्यहि पुस्तकहरु पाठको हातमा थपाउन सक्नुपर्दछ । त्यो नै लेखहरुको लागि सवैभन्दा ठूलो गौरवको विषय हुने छ ।

वि.स. २०७३ सालमा नेपालमा करिव दुई हजार पुस्तकहरु प्रकाशित भएका छन भन्ने जानकारी मात्र निकालिएको छ, यो तथ्यांकले प्रकाशनमा आएका सवै पुस्तकहरुलाई समेटिएको छैन । एउटा तथ्य सकैले सार्वजनिक गर्नु स्वाभाविक पनि मानिन्छ किन की त्यति गर्नु लेखकहरुलाई हौसला दिनुपर्ने हो । हामीले कलम चलाईरहदा त्यसलाई कसैले पछ्याईरहेको छ भनेर सजक र सतर्क रहनु पनि हो । पछिल्लो समयमा शारदा शर्मा, शुक्रराज शास्त्री, कुमार नगरकोटी, उमा सुवेदी, चित्रप्रसाद वाग्ले र पूजा पराजुली वाग्ल, नवीन विभास सुशान्त, किशोर नेपाल, नवराज सापकोटा, नवराज लम्साल, सुधीर शर्मा, खगेन्द्र संग्रौला लगाएका अन्य धेरै लेखकहरुले लेखेका पुस्तकहरुले बढी चर्चा पाउने गरेका छन । यी लेकहरुले लेखेका किताबहरु आम पाठकको मन जित्न सफल भएका छन । दैवी प्रकोप, मानवीय स्वभाव, मिथ, नारी प्रति गरिने अमानविय ब्यवहार, राजनीति, सामाजिक कुरीतिको पर्दाफास गरी नेपालको राष्ट्रयता, राष्ट्रभाव, भूराजनीतिकलाई यथार्थ चित्रण गरिएका छन । आम पाठकहरुको मन मस्तिष्कमा वसिरहेका हुन्छन र विश्व जगतलाई हल्लाईरहेका हुन्छन ।
[email protected]

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित