शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

कञ्चनपुर– सुदूरपश्चिम क्षेत्रमा पहिलो पटक अनलाइन सपिङ सेवा सञ्चालनमा ल्याइएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा अनलाइनबाट विद्युतीय सामान खरिद बिक्रीका लागि इ–कमर्सियल साइट एमबिजियो डटकमको सुरुवात गरिएको हो । ग्राहकले बेवसाइटमा नाम रजिस्ट्रर गरेर आफूलाई आवश्यक पर्ने सामानको अर्डर गर्नसक्ने अनलाइन सपिङ सेवाका संस्थापक सन्तोष खत्रीले बताउनुभयो ।

इन्टरनेटको माध्यमबाट सजिलै घरमै बसेर आफूलाई मन पर्ने इलेक्ट्रिोनिक सामान र नयाँनयाँ बजारमा भर्खरै चलेका सामान अनलाइनबाटै खरिद गर्न सकिने व्यवस्थाले ग्राहकलाई बजारसम्म पुगेर सामान खोज्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया