बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

झापा – वीरता जेसिसले वर्ष २०७३ का ‘उत्कृष्ट नागरिक’कारुपमा कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई सम्मान गरेको छ ।

झापाको बिर्तामोडमा आज आयोजित कार्यक्रममा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कलाकारद्वयलाई सम्मानित गर्नुभएको हो ।

धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत् हालै महोत्तरीको बर्दिबासमा मुसहर समुदायका लागि एकीकृत नमुना बस्ती तयार गरेर समुदायलाई हस्तान्तरण गरेका कलाकारद्वय कट्टेल र घिमिरेले यसअघि सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्पपीडितहरुका लागि समेत एकीकृत नमुना बस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया